• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

मेस्सीलाई सातौं पटक बालोन डी ओर अवार्ड

काठमाडौं । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेनका (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् ।

 

फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी सातौंपटक यो अवार्ड प्रदान गरिएको हो ।

 

विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो र चेल्सी र इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए।

 

मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार