• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

मौद्रिक नीतिको समीक्षापछि नेप्सेमा उच्च गिरावट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षापछिको पहिलो दिनको कारोबारमा सेयर बजार मापक नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ ।


आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेर २ हजार ६५१.४९ अंकमा झरेको छ । सेयर लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिले व्यवस्था गरेको ४÷१२ करोडको मौद्रिक नीतिको समिक्षमा संशोधन हुने अपेक्षा गरेका थिए । तर, मौद्रिक नीतिको समिक्षामा ४-१२ करोडको सीमा संशोधन नभएपछि सेयर बजारमा भारी गिरावट आएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जा ४ करोड देखि १२ करोडसम्म मात्र लिन पाउने व्यवस्था गरेको थियो ।


आइतबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबारको सेयर कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १४.१९ अंकले घटेर ५०१.४५ अंकमा झरेको छ । कारोबारमा सबै समूहको उपसूचक घटेका छन् ।

 

जसमा बैंकिङ समूहको ३४.९७, विकास बैंक २६७.०९, जलविद्युत १३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बिमा ३८५.९४, माइक्रोफाइनान्स १३९.४ र जीवन बिमा समूहको उपसूचक ५३८.०३ अंकले घटेको छ ।


आइतबार कारोबारमा आएका ६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आइसीएफसी फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनीको ८ प्रतिशत, निर्धन उत्थान लघुवित्तको ३ प्रतिशत र नेपाल एसबिआई बैंकको २ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन पावर पार्टनर र मानुषी लघुवित्तको सेयर मूल्य ८-८ प्रतिशत घटेको छ ।


प्राइम लाइफ, महालक्ष्मी विकास बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्य ७÷७ प्रतिशत घटेको छ । सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको २३ करोड ४८ लाख, नेसनल हाइड्रोपावरको २२ करोड ८५ लाख, नेपाल टेलिकमको १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार