• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २९८ जना सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
 

८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८१ तथा एन्टिजेन विधिबाट २७  जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

 

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप  २९८ जना सङ्क्रमणमुक्त  भएका छन ।  नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३४९ रहेको छ ।

 


यही अवधिमा थप  ३ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ५१६ जनाको मृत्यु भइसकेको  मन्त्रालयले उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार