थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २९८ जना सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८१ तथा एन्टिजेन विधिबाट २७ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३४९ रहेको छ ।
यही अवधिमा थप ३ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ५१६ जनाको मृत्यु भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस