• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

युवा तथा साना ब्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच कर्जा सम्झौता

काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच न्यून आयभएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्नवर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्न सम्झौता भएको छ ।

 

सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार