• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायक आयुस्मानको 'पोखरेली नानी' मा कुन्साङ र बिना

काठमाडौँ ।  गायक आयुस्मान बिस्टको डेब्यु म्युजिक भिडियो 'पोखरेली नानी' सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्ध गरेका हुन्।  गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने संजीव बराइलीको संगीत संयोजन रहेको छ।  

 

भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड छन्।  सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ।

 

पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत  भिडियो सार्वजनिक भएको छ ।

भिडियो  :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार