• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
शिक्षा

भरतमोहन प्रतिष्ठानद्वारा वृद्धवृद्धा लक्षित शैक्षिक अभियान सुरु

काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निरक्षर वृद्धवृद्धा लक्षित शैक्षिक अभियान सुरु गरेको छ । 

 

अभियानको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ललितपुरमा आयोजित एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरेका हुन्। वृद्धवृद्धाको जीवन सहज बनाउने उद्देश्यले अभियान थालिएको भरतमोहन पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

 

पहिलो चरणमा ललितपुरको बुङमतिस्थित शान्ति आश्रम दिवा सेवा केन्द्रमा बुधबारदेखि कक्षा सञ्चालन सुरु हुने उनले बताइन् । शनिबार बाहेक सातामा ६ दिन सञ्चालन हुने कक्षामा बुङमतिका ६० वर्ष उमेर नाघेका ४० निरक्षर वृद्धवृद्धा सहभागी हुनेछन् ।

 

कक्षामा सहभागी हुनेहरुलाई कार्यक्रममै शैक्षिक सामग्री, पोशाख, तथा झोला उपलब्ध गराइएको थियो। फाउण्डेशनले केही दिनभित्रै सबैलाई एक–एकवटा टेलिफोन सेटसमेत उपलब्ध गराउने तयारी गरेको अधिकारीले बताइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार