• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थपिए ३३२ जनामा कोरोना संक्रमित,२३२ जना संक्रमणमुक्त

काठमाडौं । २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

 

७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै आज २३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १ हजार १२२ पुगेको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार