• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

गायिका अस्मिता अधिकारीको स्वरमा 'सितल जुन' सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गीतहरु सार्वजनिक गरेर स्रोता दर्शकको मन जित्न सफल गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल सिजन ३ मा कान्छो प्रतिष्पर्धीका रुपमा चिनिएका प्रतिभावान गायक आर्यन तामाङको स्वरमा समावेश गीत  'सितल जुन' सार्वजनिक भएको छ।  

 

 गीत  गीतकार प्रलाद शाहले लेखेका हुन्। कल्याण सिंहले  संगीतवद्ध गरेको गीतलाई  गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्।  अन्तरास्ट्रिय मोडलका रुपमा स्थापित मोडल दिपक घिमिरे  र पुजा ठाकुर भिडियोमा फिचर्ड छन्।  

 

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।  होप इन्टरनेशनलले  प्रायोजन गरेको  भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।  भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

 

भिडियोः 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार