• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

स्थानीय निकायमार्फत बालीको सामूहिक बिमा

काठमाडौं । सरकारले प्रत्येक स्थानीय निकायमार्फत सामूहिक रुपमा कृषि बालीमा बिमा गर्ने तयारी गरेको छ । कृषि बालीमा बिमा गर्नका लागि सबै किसानको पहुँच नहुने र गाउँ गाउँमा बिमा कम्पनीले व्यक्तिगत रुपमा बिमा नगर्ने भएपछि सरकारले सामूहिक रुपमा कृषिबाली गर्न लागेको हो ।


सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । पशुपंक्षीमा बिमा गरिएपनि बालीमा बिमा नभएकाले स्थानीय निकायमार्फत सामूहिक रुपमा बिमा गर्न लागिएको हो ।


कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले स्थानीय निकायमार्फत कृषि बालीमा सामूहिक रुपमा बाली बिमा गर्न लागिएको जानकारी दिए । उनले स्थानीय, प्रदेशस सरकारले किसानको सामूहिक बिमा गर्ने गरी केन्द्र सरकारबाट छलफल भएको जानकारी दिए । व्यक्तिगतरुपमा गर्दा बिमा कम्पनी गाउँ जान स्थानीय निकायमार्फत बाली बिमा गर्दा किसानले उचित क्षति पाउने भएकाले यसको लागि तयारी भइरहेको मन्त्री यादवले जानकारी दिए । पशुपंक्षीमा बिमा भएपनि बालीमा बिमा एकदम न्युन रहेको मन्त्रालयले जानकारी दिएको छ ।


१७औं कफी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले स्थानीय निकायमार्फत कफीमा बिमा गर्नका लागि छलफल भइरहेको जानकारी दिए । कफीको उत्पादन बढी हुने जिल्लामा कफीको भण्डारण बनाउन सकिने बताउँदै मन्त्री यादवले कफीको उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिए । कफी विदेशी मुद्रा आर्जन गर्ने माध्ययमका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने भएकाले यसको उत्पादन बढाउन र बजारीकरणका लागि सरकारले प्राथमिकता दिने मन्त्री यादवको भनाइ छ ।


कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी सचिव निरु दाहालले विश्व बजारमा कफी र चियाको उच्च माग भएकाले उत्पादनमा विशेष जोड दिनुपर्ने बताइन् । पछिल्लो समय कफी उपभोग गर्नेको संख्या सहरमा मात्र नभएर गाउँमा पनि बढेकाले स्थानीय र प्रदेश सरकारमार्फत कार्ययोजना लिएर जानसके उत्पादन बढ्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढ्दै गएपनि उत्पादन कम हुँदा माग अनुसार निर्यात गर्न नसकिएकाले उत्पादनमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।


केन्द्रीय कफी सहकारी संघका महासचिव तुलसीराज धितालले किसानले कफीको उचित मूल्य पाउन नसक्दा व्यवसाय गर्न कठिन भएको बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले कोभिडको महामारीबीचमा पनि कफी निर्यात बढेको जानकारी दिए ।


भन्सार विभागको तथ्यांङकअनुसार आर्थिक वर्ष २०७६-०७७ मा ११ करोड ८८ लाख २ सय ६६ मेट्रिक कफी नेपालमा आयात हुँदा ५ करोड ७७ लाख रुपैयाँ बराबरको ४६.८९ मेट्रिक टन कफी निर्यात भएको थियो । यस्तै आव २०७७-०७८ मा १० करोड ६७ लाख रुपैयाँ बराबरको १ सय ९८.७६ मेट्रिक कफी आयात हुँदा ९ करोड ६० लाख बराबरको ७२.४८ मेट्रिक कफी निर्यात भएको छ ।

 

कुल उत्पादनको करिब २५ प्रतिशत कफी निर्यात हुँदै आएको छ । मुलुकमा विभिन्न ४० जिल्लामा कफीको उत्पादन हुँदै आएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा मुलुकभर ३ हजार १ सय ४.मेट्रिक टन उत्पादन भएको छ ।लक्ष्मी सापकोटा/ कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार