• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

चलचित्रविकास बोर्डसँग मिलेर दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर कलेज

 काठमाडौं । नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनलकलेज (कलेज अफ फिल्म स्टडिज)ले चलचित्रविकास बोर्डसँग मिलेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको छ ।

 

कलेजले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो । कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्ष अघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको  बताए । 


‘गत साल पनि हामीले महामारीकै बीचमा पनि भर्चुअल माध्यममा भए पनि फेस्टिभल गरेका थियौँ । महामारीका कारण मृतप्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौँ,’ उनले भने, ‘ त्यहीप्रतिक्रियाले उत्साहित भएर यो साल पनि निरन्तरता दिएका हौँ ।’


दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइनेछ । कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन् । 


नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा नेपाली सिनेमा सम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्ने छन् । छलफलका विषय र सहभागी केही दिनमै टुंगो लगाएर सार्वजनिक गर्ने प्रिन्सिपल रामराजा दाहालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार