• बिहीबार ८-२३-२०७८/Thursday 12-09-2021
देश/प्रदेश

नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी,मङ्सिर २३ सम्म आवेदन दिन सकिने

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न २० पदका लागि २ सय ७० जना कर्मचारी भर्ना खोलेको छ ।

 

टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनका लागि आवेदन खोलेको हो ।एसएलसी देखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

 

सूचनाअनुसार यही  मङ्सिर २३ सम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार