• बिहीबार ८-२३-२०७८/Thursday 12-09-2021
अर्थ

सेयर बजारमा सुधार,व्यापार समूह दोहोरो अंकले उकालो

काठमाडौं । शेयर बजारमा आज भारी अंकको बृद्धि भएको छ । बुधबार नेप्से १६ दशमलव ९५ अंकले बढेर २८ सय १ दशमलव ५२ उच्च विन्दु कायम भएको हो ।

 

 त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ९८ अंकले बृद्धि भएर ५२५ दशमलव ४४ उच्च विन्दुमा पुगेको हो ।

 

आज २२४ कम्पनीको ७७ हजार ५१८ पटक शेयर कारोबार भएर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता किनबेच भएको   छ।

 

जलविद्युत, होटल तथा पर्यटन, वित्त र व्यापार समूह दोहोरो अंकले उकालो लाग्दा लघुवित्त र वाणिज्य बैंक समूह पनि सामान्य अंकले सुधार भएको  छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार