• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

अष्ट्रेलिया बन्यो टी-ट्वान्टी विश्वकप च्याम्पियन

काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

 

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको थियो । १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८।५ ओभरमा दुई विकेट गुमाएर पुरा गर्दै उपाधि पक्का गर्‍यो ।

 

अष्ट्रेलियाका लागि दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । मार्शले अविजित रहदै ७७ रनको योगदान गरे ।  उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

 

वार्नरले ५३ रनको योगदान दिए । यस्तै कप्तान आरोन फिन्च ५ रनमा आउट भए । ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । 

 

यस्तै मार्टिन गुप्टिलले २८ रन जोड्दा ग्लेन फिलिप्सले १८ रन बनाए । डार्यल मिचेलले ११ रन जोडे । जेम्स निशमले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन बनाए । अष्ट्रेलियाका जोस हाजलउडले १६ रन खर्चिएर ३ विकेट लिए । एडम जाम्पाले १ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार