बाछिटा कृति 'अक्षता' र 'अक्षय' विमोचन
काठमाडौं । साहित्यको नविनतम काव्य प्रविधा शर्मिला तिमल्सिनाको 'अक्षता' र 'अक्षय' अम्बिका धितालको अक्षय बाछिटा कृति विमोचन भएको छ ।
बाछिटा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा। डा। हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा भुगोल साहित्य समाजको प्रङ्गणमा आइतबार उक्त कृति विमोचन गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रा .डा पौडेलले ञञ एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्न पहल गर्ने बताए ।
बाछिटा प्रवर्तक अमर त्यागीले बाछिटा विधा शुरु भएको छोटो समयमा नै आशा गरे भन्दा बढि बाछिटाकारहरुको उदय भएको र सो विधा प्रतिकात्मक र बिम्बात्मक हुनु पर्ने बताएका छन् ।
'अक्षता'कृतिका स्रष्टा शर्मिला तिमल्सिनाले बाछिटा लेख्ने महिलाहरुको संख्या बढि भए पनि कृति समावेशमा भने महिलालाई शून्य सिटमा समेत राखिएको तीतो यथार्थ र उपल्लो दर्जामा समेत महिला न्यून रहेकोमा दुःख व्यक्त गर्दै महिलाहरुलाई साहित्य र विविध पक्षमा समेत उत्थान गर्नु पर्ने बताइन् ।
समारोहमा शेष पौडेल,नारायण गैरे,चेतनाथ धमला , खगेन्द्र बस्याल,विष्णु भट्टराइले आ -आफ्ना विचार प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस