• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

सिंहदरबारभित्र कसले चलायो गोली ?

काठमाडौं आज मध्याह्नमा सिंहदरबारभित्र चेकजाँचको क्रममा एक राउण्ड गोली फायर भएको छ।

 

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो।

 

संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ। डियुटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्रहरीले जनाएको छ।

 

घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार