• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव गरेको छ ।

 

समितिले कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका  सदस्य एगराज पोखरेलले जानकारी दिए । 

 

सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन। यीमध्ये रसुवा बारा र रौतहटको  क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन ।

 

मंगलबारको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितलाई मंसिरभित्र सकिनेगरी महाधिवेशनको कार्यतालिका बनाउन निर्देशन दिएका थिए । यसअघि कांग्रेसको १४औँ महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो ।

 

नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ तालिका

कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन नभएको १३जिल्लामा मात्र लागु)


मंसिर ३ गते : प्रदेश सभाको अधिवेशन


मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्रको अधिवेशन


मंसिर १० गते : जिल्ला अधिवेशन


मंसिर १६ र १७ : ७ प्रदेशको अधिवेशन


मंसिर २७ उद्धघाटन र १ पौषसम्म केन्द्रीय महाधिवेशन

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार