• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

थप ३ वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फटबल टीमका मुख्य प्रशिक्षक  अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् ।

 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल संघका पदाधिकारी र अल्मुताइरीबीच भएको छलफलपछि उनी थप तीन वर्ष नेपाल बस्न तयार भएका हुन् ।

 

अल्मुताइरीले  बुधबार सामाजिक सञ्जालमार्फत  आफूले एन्फासँग तीन वर्षको सम्झौता गरेको जानकारी गराएका हुन् । साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए ।

 

यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल खेल भने खेलाउन पाएका थिएन्न। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार