• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
डबली

मास्टर सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित

काठमाडौं  ।  ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित भएको छ  । 

 

‘अइला’ परम्परागत नेपाली ड्रिंक (रक्सी) हो जसलाई सन्तोषले उत्सव एवम् खुसियालीको ‘सगून’ को रूपमा परिभाषित गरेका छन् ।

 

नेपालका तराइ, पहाड र हिमालयका नेपाली सेफ र मास्टर सेफको सङ्ग्रहको पहिलो कुक बुक हो  ‘अइला’ जसमा पाँच दर्जन बढी तराइ, पहाड र हिमालका मेनुहरू समावेश  छन् । यो जानकारी उनले सामाजिक संजाल मार्फत गरेका थिए ।

 

काँचो केराको तरकारी, पोर्क र ब्याम्बो शुट करी, आँप र नेपालीको अचार, शेर्पा ब्रेडगायतका परिकार बनाउने सरल उपाय उक्त बुकमा उल्लेख छन ।

 

विश्वकै चर्चित बुक पब्लिकेशन कम्पनी ‘पेन्गुइन रयाण्डम हाउस’ (डीके) ले सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार