• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

हेटौडा । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ ।

 

गएको भदौ २ गते नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यले आज विश्वासको मत प्राप्त गर्न नसेको अवस्थामा पदबाट हट्नु पर्नेहुन्छ र नयाँ मुख्यमन्त्रीको बाटो खुल्नेछ । उता सत्तासाझेदार गठबन्धनका दलहरुले भने नयाँ सरकार गठनको लागि यसअघि नै तयरी गरिरहेका छन् ।

 

बागमतीमा १०९ सांसद रहेका छन् । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार