• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्ला नछोड्ने बताएका छन ।

 

भरतपुरमा पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अब पाँच वर्षको लागि हुने निर्वाचन आफ्नो लागि अन्तिम हुन सक्ने बताए । उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । म चितवन छोडेर अन्त जाँदिनँ ।’ 

 

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन नहुने पनि बताएका छन ।

 

अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताउदैं भने,हिजोमात्र तीन वटा गठबन्धनबीच छलफल भयो, त्यस्तौ कुनै समस्या छैन ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार