• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नेपाल एसबिआई बैंकको अध्यक्षमा राजिव अरोरा चयन

काठमाडौँ । नेपाल एसबिआई बैंक संचालक समिति बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक राजिव अरोरालाई अध्यक्षमा चयन गरेको छ ।

 

अध्यक्ष अरोरा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धक को पदमा कार्यरत रही एसबिआई समूहको रणनीति, व्यवसाय प्रवर्द्धन, संचालन प्रभावकारीता तथा समूहको अन्य मामिला हेर्छन् । 

 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष अरोरालाई केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार