• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण अभियान कार्यक्रम

कैलाली । सन नेपाललाइफले कैलाली जिल्लाको धनगढी,अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पूनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ ।

 

साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी,पूनर्वास,हसूलिया,मसुरिया, भजनी, सुखड, लम्की,टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरेको छ ।

 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कायक्रमहरुको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए ।

 

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार