• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

४२ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील विजय विकास स्रोत केन्द्रमा नयाँ कार्यसमिति चयन

 गैडाकोट ।  विजय विकास स्रोत केन्द्रको ३६ औँ साधारणसभा तथा २२ औँ अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति  चयन गरेको छ । 

 

विजय विकास स्रोत केन्द्रको अध्यक्षमा लक्ष्मी गौतम कंडेल निर्वाचित भएकी छन भने संस्थाको पदेन सदस्यमा पूर्व अध्यक्ष हरिलाल सापकोटा रहेका छन ।


 उपाध्यक्षमा कृष्ण सापकोटा र सचिवमा भूमिराज चापागाईं निर्वाचित भएका हुन । कोषाध्यक्षमा पार्वती कंडेल र सहसचिवमा रेखा श्रेष्ठ,  सदस्यहरुमा सिता रिजाल, दीपनारायण सापकोटा, खड्गजङ गुरुङ, टिकाराम कंडेल, तिला वन अर्जुन निर्वाचित भएका छन ।

 

निर्वाचन समितिका संयोजक एवं संस्थाका पूर्व अध्यक्ष खेमराज सापकोटाले निर्वाचित समितिलाई शुभकामना दिदै नयाँ सोच र नयाँ कार्यदिशा अनुरुप अघि बढ्न सुझाब दिएका छन ।

 

४२ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील विजय विकास स्रोत केन्द्रले समुदायको सामाजिक, आर्थिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार