• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
देश/प्रदेश

बार पदाधिकारी र प्रधानन्यायाधीशबीच छलफल,प्रधानन्यायाधीशले बोलाए भोलि फुलकोर्ट बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलिका लागि फुलकोर्ट बोलाएका छन् । नेपाल बार एशोसिएशनसँग आज भएको छलफलपछि उनले भोलि दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन । बैठकमा बार एशोसिएशनका प्रतिनिधिलाई पनि सहभागी गराइने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

 

बैठकमा न्याय क्षेत्रमा देखिएको विसंगति, न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन लगायत विषयमा छलफल हुने दाहालले बताए ।

 

पौडेलले भने, ‘निष्पक्ष न्यायपालिकाको अवधारणाभन्दा बाहिर गएको छैन । जान्नँ पनि । आफूविरुद्ध उठेका सबै प्रश्न र शंका उपशंकाबारे सम्बोधन गर्छु भन्नु भएको छ ।’मंगलबारदेखि नमुना गोलाप्रथाको प्रयोग सुरु हुने भएको छ । यसअघि सर्वोच्चले मुद्दाको पेसी तोक्दा गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार