• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

केतनको गीत 'परदेशी आयो'मा बिपिन कार्कीको अभिनय

काठमाडौं। गायक केतन क्षेत्रीको आवाजमा रहेको कर्णप्रिय गीत 'परदेशी आयो'को  भिडियो रिलीज भएको छ । भिडियोमा अभिनेता बिपिन कार्कीले मनछुने अभिनय गरेका छन् ।

 

चाडवाड चलिरहेको समयमा रिलीज यस गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा दर्शिएको छ । ग्रामिण भेगको एक युवा जसकी श्रीमती, दुई लालाबाला सन्तान र बाबु आमा छन् । उनिहरु सबैलाई छोडेर परदेशीनुको पीडा यो गीत तथा  भिडियोमा समेटिएको छ ।

 

प्रकाश सापकोटाले रचना गरेको यस गीतमा सुवास भुषालको संगीत रहेको छ । देवेन्द्र नेपालले निर्देशन गरेको   भिडियोमा बिपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगाएतको अभिनय रहेको छ । दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको  भिडियोका सम्पादक बिकाश दाहाल हुन् ।


भिडियो : 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार