• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् ।

 

‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए ।

 

उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् । उनले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार