• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

थपिए ७ सय ८ कोरोना संक्रमित,९३२ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ९३२ जना निको भएका छन् । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ भने ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

 

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा रहेका छन् भने ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार