• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

एमसीसी संघीय संसदबाट पारित हुन्छ : देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

 

बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् ।

 

‘एमसीसी सहयोग परियोजना हो, यो परियोजनामा नेपालकै कानुन लागू हुन्छ । अमेरिकी कानुन लागू हुन्छ भन्ने कुरा साँचो होइन,’ उनले भने । ५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

 

यस्तै नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले त्यसको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको बताए । ‘हाम्रो पार्टीभित्र निर्वाचन आयोग जस्तै निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो,’ देउवाले भने, ‘उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार