• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सीसीडी (CCD) रेसियो न्यूनतम ८५ प्रतिशत कायम गर्न चेम्बर अफ कमर्सको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीसीडी  (CCD)  रेसियो न्यूनतम ८५ प्रतिशत नै कायम गर्नुेपर्ने जनाएको छ  ।

 

 अहिलेको नयाँ व्यवस्थाले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्काल पुरानै व्यवस्था लागू गर्न चेम्बरले माग गरेको हो ।

 

नेपाल राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएको थियो ।

 

 त्यसैले, उक्त व्यवस्थालाई खारेज गरी तत्कालै पुरानै ब्यवस्था अनुरुप सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम हुनु पर्ने चेम्बरको अडान  छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार