• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
स्वास्थ्य

थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४  घण्टामा  थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 ८ हजार ५४९  जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ४७० र एन्टिजेन विधिबाट ७५ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

 

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप ७२६ जना संक्रमणमुक्त भएका छन भने हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् । 

 

यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ३२६ जनाको मृत्यु भइसकेको  मन्त्रालयले उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार