• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं ।  साफ च्याम्पियनसिपमा उप-विजेता भएको नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि  फुटबल टोली नेपाल आइपुगेको हो ।

 

 फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो ।यता, राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । 

 

खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार