• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

मोरङमा सिटिजन्स बैंक लुट्ने समूहका ३ जना प्रहरीद्वारा सार्वजनिक

विराटनगर  । मोरङको धनपालथान गाउँपालिका–४, कर्सियाको बीपी चोकस्थित सिटीजन्स बैंकको शाखामा भएको लुटपाटमा संलग्नमध्ये पक्राउ परेका मुख्य योजनाकारसहित ३ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य योजनाकार विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी हुन् ।

 

पक्राउ परेका सुनील यादवले प्रयोग गरेको कटुवा पेस्तोल र एक राउन्ड गोली, घाइते विजय सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

 

उनका अनुसार बैंकमा रकम लुटको क्रममा हतारोमा आफैँले बोकेको पेस्तोलबाट गोली चलेर घाइते भएका विजय सहनीलाई लिएर भारततिर भाग्ने क्रममा धनपालथान गाउँपालिका–२, खयरबना चोकबाट तीन जना पक्राउ परेका थिए ।

 

लुटेराहरुले भाग्ने क्रममा प्रयोग गरेको को २५ प ३८९९ नम्बरको मोटरसाइकलसमेत बरामद भएको जीसीले बताए । एसपी जीसीका अनुसार बैंकबाट लुटेको झन्डै २२ लाख रुपैयाँ लिएर लुटेराहरुमध्येका अर्को समूह फरार छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार