• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि प्रशिक्षक पद छाड्ने

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीमा साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि नबस्ने बताएका छन् ।

 

बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अलमुताइरीले साफको फाइनलपछि टोलीमा नबस्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजीनामा दिएको भए पनि स्वीकृत भने भएको छैन । 

 

साफमा नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजीनामा लागु हुने र आफूले टोली छोड्ने उनले पत्रकार सम्मेलनका क्रममा बताएका हुन् । मेरो प्रशिक्षकत्वमा नेपालले साफमा इतिहास बनायो । नेपललाई एसिया कपमा छनोट गराएँ । नेपाली फुटबल टिमप्रति नेपालले मात्र होइन दक्षिण एसियाले नै गर्व गर्दैछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार