थप ३६५ जनामा कोरोना पुष्टि,६०९ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३६५ जनाको नतिजा पोजिटिभ आएको हो।
पछिल्लो २४ घण्टामा देशभर ६०९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ७८ हजार ३५० पुगेको छ
कोरोनाका कारण थप चारजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस