• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

हास्य कलाकार मनोज गजुरेलले गरे अधिकृत पोखरेलसँग बिवाह

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । सामाजिक संजालमा एक लामो पोष्ट गर्दै गजुरेलले आफुले विवाह गरेको जानकारी दिएका  हुन ।

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ बर्ष पहिले कानुनी रुपमा टुंगिएको कुरा यहाँहरुलाई बिधितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ।

 

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो। त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबु-नानीको आग्रह पनि यस्तै आउन थाल्यो । 

 

यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। 

 

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने  बाचा गर्यौं । अगाडि आईपर्ने सुस्खरदुस्खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।

 

सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नगरिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !

 

कसैको निजी जीवनका बारेमा कपोकल्पित  समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविश्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार