• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

नेपाल भारतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। आइतबार माल्दिभ्समा भएको खेलमा खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको हो। भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णयक गोल गरेका थिए । उनले भारतका लागि ८२ औं मिनेटमा गोल गरेका थिए।

 

जितसँगै भारतले ३ खेलमा ५ अंक बनाएको छ। योसँगै भारत अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। नेपालको भने ३ खेलबाट ६ अंक रहेको छ। नेपाल पराजित भएपनि फाइनल पुग्ने सम्भावना अझै बाँकी रहेको छ। नेपालले अर्को खेल बंगलादेशसँग खेल्नेछ।

 

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ। भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार