• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

प्रजलिका ल्याइन ‘आर्ट अफ कफी एकेडेमी' सञ्चालनमा

काठमाडौं । कलाकार प्रजलिका गिरीले ललितपुरको सातदोबाटोमा ‘आर्ट अफ कफी एकेडेमी' सञ्चालनमा ल्याएकी छिन्। एकेडेमीको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय सदस्य सन्तु दराई ‘प्रभाना’ले संयुक्त रुपमा उद्घाटन गरे ।

 

दशैं, दिपावली, छठ र नेपाल सम्बतलगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदान-प्रदान सहित एकेडेमी शुभारम्भ गरिएको हो। सञ्चालिका प्रजलिकाले एकेडेमीमा कफी बनाउदा विभिन्न आकर्षक डिजाइन गर्ने खालका तालिम दिइने बताइन् ।
 

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, निर्देशक हाङ चेम्जोङ, कलाकार रामेश्वर बुर्लाकोटी, विशाल लिम्बु,संगीतकार मनी ताम्लिङ, द्वन्द्व कलाकार संघका महासचिव पुन्य ओझालगायतको उपस्थिति थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार