• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

‘रक्सी खाएको र महिलासँग जोडिएका कुरा सुन्न नपरोस्’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई कडा निर्देशन र सुझाव दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालमा पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई बोलाएर अध्यक्ष नेपालले सबै मन्त्रीहरुलाई मन्त्री बनेपछि गर्न हुने र गर्न नहुने कामबारे सल्लाह र निर्देशन दिए ।

 

नवनियुक्त सबै मन्त्रीहरुलाई राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न उनको निर्देशन छ। निजी स्वार्थ,अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट पूर्ण रुपमा मुक्त हुनुपर्ने उनको कडा निर्देशन छ । मन्त्रीहरुलाई फाइभ स्टार होटेलमा गएर क्लाइन्टसँग रक्सि खाने बानी त्याँग्नदेखि विभिन्न आचरण सुधार गर्नुपर्ने अध्यक्ष नेपालको निर्देशन र सल्लाह छ।

 

‘मलाई आशा छ, बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरु तपाईंहरुले गर्नहुने छैन । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कार तपाईहरुले अवलम्बन गर्नुहुने,’ उनले भने, ‘यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलका बेलका फाइभस्टार होटलमा गएर आफ्नो क्लाइन्टहरुसँग बसेर रक्सी खाइरहेका छन् भन्नेकुरा सुन्नु नपरोस्।

 

सीधा कुरा, रक्सी खाने बानी छ भनेपनि बानी त्याग्नुस्। महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस्। त्यस्ता व्यवहारहरु तपाईंहरुबाट नहोस्। यस कुरामा म जोड दिन चाहन्छु।’

 

अध्यक्ष नेपालले आगामी दिनमा मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने काम नगर्न निर्देशन दिएका छन्। त्यस्तै, गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग समन्वय नगर्न पनि उनको अनुरोध छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार