• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

हामी प्रजातन्त्रका लागि लडेको पार्टी हो,यसको विकल्प अरु हुन सक्दैन : प्रधानमन्त्री देउवा 

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था नभएको बताएका छन् । 

 

कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै आइतबार उनले भने, ‘हामी प्रजातन्त्रका लागि लडेको पार्टी हो । यसको विकल्प अरु हुन सक्दैन ।’

 

नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचनामा भने उनले निर्वाचनले त्यसको परिणाम देखाउने बताए । ‘सबैले जनादेशको कुरा गरेका छन् । जनताको नाम सबैले लिन्छन् । जनताले को ठिक छ भनेर भोटमा देखाई हाल्छन् नि,’ उनले भने । 

 

शिक्षालाई अनिवार्य निशुल्क गर्दै लैजाने नीति लिएर आएको समेत उनले बताए । प्रधानमन्त्री देउवाको सोमबार बिहान काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार