• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

पत्रकार तथा सामाजिक अभियन्ता पौडेललाई 'कलम सम्मान -२०७८'  

पोखरा। कलम सम्मान २०७८ बाट पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पौडेल सम्मानित भएकी छिन् । कलम बचत चथा ऋण सहकारी संस्था लिमिटेडले आफनो एघारौ वार्षिक साधारणसभाको अवसरमा शनिवार पत्रकार तथा सामाजिक अभियन्ता पौडेललाई सम्मान गरेको हा । 

 

पत्रकारितासंगै समाज विकसका लागि विभिन्न अभियान तथा प्रशिक्षण मार्फत सामाज सेवामा अतुलनीय योगदान पुर्याएको भन्दै पौडेललाई माला,दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गरिएको छ । 

 

पौडेलसंगै उत्कृष्ट वचतकर्ता ढाकामोहन पौडेल, उत्कृष्ट कारोवारतर्फ कविन्द्र पोखरेल,असल कारोवारतर्फ अनील बुडागामी, उत्कृष्ट कर्मचारीतर्फ सहायक व्यवस्थापक संगिता पोखरेल र वजार प्रतिनिधि सीता गुरुङलाई सम्मान गरिएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि सहकारी कार्यलय गण्डकी प्रदेशका रजिस्ट्रार उदय बहादुर पराजुली र सभाध्यक्ष सहकारीका अध्यक्ष अर्जुन प्रसाद पोख्रेलले सम्मानित व्यक्तित्वहरुलाई सम्मान गरेका हुन् ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले सहकारीका माध्यमबाट आर्थिक तथा सामाजिक सशक्तीकरण भएको बताए। उनले सहकारीको सिद्वान्त अनुरुप सहकारी सञ्चालन हुनुपर्ने आवश्यकता औलाउँदै सहकारीहरु अब  उत्पादन मुलक कार्यमा लाग्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा सम्मानित व्यक्तित्व पत्रकार तथा युवा उत्प्रेरक सुष्मा पौडेल,संस्थापक अध्यक्ष प्रेमकुमार श्रेष्ठ, जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष अम्बिका गौतम, जिल्ला बचत संघ कास्कीका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना, लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी त्रिपाठी , पोखरा उद्योग बाणिज्य संघका सदस्य हिरामणी पण्डित, लेखा परिक्षण संघ कास्कीका पुर्व अध्यक्ष रुद्रनाथ पौडेल, क्लवका सचिव हरिप्रसाद पन्थी ,वुद्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुर्व रेग्मी लगायतले आफनो धारणा राखेका थिए।

 

कार्यक्रममा अध्यक्ष अर्जुन पौडेलले अध्यक्षको प्रतिवेदन ,उपाध्यक्ष मनोहरी सापकोटाले स्वागत मंतव्य व्यक्त गरेका थियो भने सम्मानित व्यक्तिको परिचय शिव त्रिपाठीले दिएका थिए। कार्यक्रममा शेयर सदस्यका तर्फबाट लक्षमी कोइराला, शंकर ज्ञवालीले बोलेका थिए थियो भने कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र घिमिरेले गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार