• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

परिवर्तन

बिकासको चासो हाम्रो उपलव्धी फड्को
अलमलको राजनीति बुझ्नै कठिन अड्को 

 

सवै सरकार भन्दै आछन पख्नोस हुन्छ भोलि
सुन्दै कैयन दशक विते फेरियाछैन बोली

 

कहिलेसम्म यौटै कथा क्यै पाइएन भेउ ?
झारा टार्ने आस्वासनको जम्नु जम्यो लेऊ 

 

नेता बोल्छन जथाभावी बन्दै ठुलाबडा 
स्वाभिमान नै बिर्सिएर पक्ष लिन्छन कडा 

 

देखाउँने दाँत “राष्ट्रियता” तर मन अर्कै  
दुई जिब्रे भाषणहरु बढनथाले चर्कै   

 

संगठन उफ्रेका छन इसारामा दह्रो   
विदेशीेको एजेन्डामा गाड्न खोज्दै जरो      

 

छोटे राजा बर्चस्वको मात्र भयो दिन
लोकतन्त्र हुँदै गयो झनै प्रभावहीन

 

मर्नु अघि रहर थियो परिवर्तन हेर्ने 
राष्ट्रवादी नेता चाहियो देशको मुहार फेर्ने ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार