• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

मन्त्रिपरिषद्ले पायो पूर्णता,को-को मन्त्री बने ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

 

यस्तै शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरेकी हुन्। 

 

देउवाले आफ्नो पार्टी कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री नियुक्त गरेर कार्यविभाजन पनि गरेका छन् । आज साँझ ५ बजे मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्मा सत्ता गठबन्धनका पाँच दलमध्ये ४ दल सहभागी हुँदै छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जनमोर्चा भने सरकारमा सामेल नहुने भनिसकेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार