समाजवादीले टुंगो लगायो मन्त्री बन्नेहरुको नाम,स्वास्थ्यमा रामकुमारी झाँक्री
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ ।
शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको बताए ।
एकीकृत समाजवादीले ४ मन्त्रालय क्रमशःस्वास्थ्यमा रामकुमारी झाँक्री, शहरी विकासमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस