• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

आज मन्त्रिपरिषद् विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री?

मन्त्रिपरिषद्ले आज (शुक्रबार) पूर्णता पाउने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

 

बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उनले बताए । कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।

 

कांग्रेसले गृह  कानुन, परराष्ट्र, न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय लिने भएको छ । उसले कानुन, गृह र परराष्ट्र मन्त्रालय लिइसकेको छ । गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा डा.नारायण खड्का र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की मन्त्री छन् । 

 

यस्तै एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । एकीकृत समाजवादीबाट विरोध खतिवडा शहरी विकास मन्त्री, रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री र प्रेम आले  पर्यटन मन्त्री बन्दैछन् । यस्तै किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने भएको छ ।

 

माओवादी केन्द्रले अर्थ र उर्जा, जलस्रोत तथा सिँचाई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ । उसले अर्थ र उर्जा, जलस्रोत मन्त्रालय लिइसकेको छ । जर्नादन शर्मा अर्थ, पम्फा भुसाल उर्जा मन्त्री छन् भने अब माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । 

 

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको छ। जसपाले भने मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छैन ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार