• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ ले जित्यो दुई अवार्ड

काठमाडौं । नेपाली हरर फिल्म  ‘कठपुतली’ ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल  ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको छ । 

 

सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो । फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो । 

 

हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’अमेरिकाको ओटिटि प्लाटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक ओटिटि प्लाटफर्मले रिलीजको लागि अफर गर्नु हो । उक्त फेस्टिभलमा जम्मा चारवटा फिल्महरुले यो अवार्ड जितेका छन्।

 

फिल्मका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफुलाई बिश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ। फिल्मलाई चाँडै नेपालमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । 

 

आगामी पुस–माघसम्म फिल्मलाई रिलिज गरिने निर्माता मगरले बताए । हरर फिल्ममा ‘कठपुतली’ ले एउटा इट्टा थप्ने उनको विश्वास छ । फिल्मको सह(निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार