• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

रसिकको बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा आएको छ। शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । 

 

कथा सङ्ग्रहमा ६ वटा कथाहरु रङ्गीन चित्र सहित प्रस्तुत गरिएको छ । सङ्ग्रह  गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका कथाहरु सङ्ग्रहित छन् ।  

 

पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेस राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकको भनाई छ। 
 

कथाका चित्रहरु प्रज्वल थापामगरको रहेको छ भने ले-आउट प्रवेश सिन्धुलियको रहेको छ। कथाको सम्पादन साहित्यकार गोपीकृष्ण ढुंगानाले गरेका हुन। बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ। कथा सङ्ग्रहको मूल्य १ सय २५ रुपैयाँ रहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार