• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

थपिए १ हजार १५८ कोरोना संक्रमित,१२ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८४ हजार ३७९ पुगेको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार