साताको तेस्रो दिन पनि सेयर बजार ओरालो लाग्यो
काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । यस दिन कारोबार रकम भने केही बढेर ५ अर्ब ७४ करोड पुगेको छ। सोमबार ५ अर्ब १२ करोडको कारोबार भएको थियो ।
उतारचढावकाबीच सेयर बजार परिसुचक ‘नेप्से’ ७० अंकले ओरालो लागेर २६ सय १५ विन्दुमा झरेको छ । कारोबार भएका सबै समूहमा गिरावट आएको छ । यसदिन जीवन बीमा समूह सबैभन्दा उच्च ४ सय ३१ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समूहमा ३ सय २५ अंकको गिरावट देखिएको छ ।
मनकामना लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा हिमालयन पार्टनर पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन । आज १० कम्पनीका लगानीकर्ताले मात्रै कमाउँदा १ सय ७३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस