थप उपचारका लागि नेता वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ ।
पूर्वमन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए । जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि बुधबार बिहान उनलाई बैंकक लैजान लागेको पारिवारिक स्रोतले जनाएको छ ।
चार वर्ष पहिले जन्डिसको समस्या गम्भीर बनेपछि उनलाई थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस